Logo

प्रधानमन्त्रीको राजीनामा मागेपछि गोकुल बाँस्कोटाले भने- अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ



काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि उनका विश्वासपात्र गोकुल बाँस्कोटाले कडा चेतावनी दिदै धारणा सार्वजनिक गरेका छन् । उनले आज फेसबुकमा प्रधानमन्त्रीमाथिका हमलाहरु योजनावद्ध भएको लेखेका छन् ।

पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले यसलाई बदनाम, आक्रमण र ध्वस्त भनेका छन् । उनले लेखेका छन्, ‘अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ । उनले बाँकी घटनालाई धैर्यपूर्वक हेर्न भनेका छन् ।’

निर्वाचन आयोगमा एमाले पार्टी दर्ताको तयारी भइरहेको विषय बाहिर आइरहँदा बाँस्कोटाको भनाई बाहिर आएको हो ।
गोकुल बाँस्कोटाको फेसबुक स्टाटसः

प्रधानमन्त्रीका कमजाेरी हाेलान तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियाेजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन।बदनाम,आक्रमण र ध्वस्त। चरणहरु यीनै हुन।बाँकी धैर्यतापुर्वक हेराै।अरुलाई पुर्ने खाल्डाे खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot