Logo

जिग्रीले अलपत्र महिलालाई उद्धार गर्ने



काठमाडौ, ४ साउन । चर्चित हास्य कलाकार कुमार कट्टेल (जिग्री) को आज जन्म दिन हो । उनले आफ्नो जन्मदिनको अवसरमा युएईमा अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गर्ने बताएका हुन् ।

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट अभिनयमा प्रवेश गरेका कुमार कट्टेल टेलिश्रंखला ‘भद्रगोल’ हुँदै हाल ‘सक्कीगोनी’ मा अभिनय गर्दै आएका छन् । जिग्रीले रमाइलो गरी जन्मदिन मनाउनु भन्दा अलपत्र चेलीको उद्धार गर्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । झापा घर भएकी एक महिला युएईमा अलपत्र परेको बताउदै उद्धारमा सहयोग गर्ने घोषणा गर्नुका साथै अहिलेको दुखद र अभावको परिस्थितीमा सबैलाई आफुले सकेको सहयोग गर्न समेत आग्रह गरेका छन् । उनले ‘आज मेरो जन्मदिन’ भन्दै सुरुवात गरेर अगाडी लेखेका छन्, ‘

‘बाचुन्जेल हासी खुसी रमाउन सकु, रमाउनकै लागि अनेक बाहाना बनाउन सकु । संसार कोरोनाको कहर बाट गुज्री रहेको बेला सम्पुर्ण मानब जगत नै अत्यन्तै कष्टकर समय बाट बिति रहेको छ ! नेपाल बाट बिभिन्न देशमा जानु भयका थुप्रै नेपालीहरु लकडाउनको कारण दुःख , अभाव र पिडामा हुनुहुन्छ ! कतिपय नेपालि घर फर्कन समेत न सक्ने अवस्थामा हुनुहुन्छ, यहि पिडा लाइ महशुश गर्दै झापा घर भएकी एक जना अलपत्र र अत्यन्तै पिडामा रहनु भएकी नेपाली चेलीलाई दुबई बाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु !’



प्रतिक्रिया दिनुहोस्

Screenshot