Logo

देउवाहरुलाई भारी बोकाएर हामीले अन्याय गरिराखेका छौं : बालचन्द्र पौडेल (भिडिओसहित)



काठमाडौं, ३१ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालचन्द्र पौडेलले अहिलेको कांग्रेसको नेतृत्वले पार्टीमा उर्जा दिन नसक्नुको प्रमुख कारण भनेको नेतृत्वमा बसेकाहरु थाकिसकेको टिप्पणी गरेका छन् । कांग्रेसका अहिले नेतृत्वमा भएका नेताहरुलाई आफूहरुले नेतृत्वको भारी बोकाएर अन्याय गरेको पनि उनले व्यंग्य कसे । पार्टीको आसन्न १४औं महाधिवेशनमा कोइराला परिवारबाट सहमतिमै सभापतिको उम्मेद्धवारी दिने पनि उनको विश्वास छ ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष सम्वादमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा सभापतिमा उठ्ने कुरा गर्नु मानवीय स्वभाव नै भएको प्रतिक्रिया दिए । तर, देउवा र पौडेलले अब अहिलेको परिवर्तित समयको सही मूल्यांकन गर्न नसक्ने भएकोले युवा पुस्ता ने नेतृत्वमा आउनुपर्ने उनको तर्क छ ।

प्रस्तुत छ पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot