Logo

बलिउड नायक विवेक ओबेरायको कति छ सम्पत्ति



एजेन्सी, १८ भाद्र । बलिउड अभिनेता विवेक ओबेराय फिल्म उद्योगको एक चर्चित हस्ती हुन् । विवेकले आफ्नो करियरमा केही उतार चढाव भोगेका छन् । आज विवेक ओबेरायको जन्म दिन हो । उनको जन्म ३ सेप्टेम्बर १९७६ मा हैदराबादमा भएको थियो । उनका बुवा सुरेश ओबराय फिल्म उद्योगका प्रख्यात कलाकार हुन् । उनको जन्मको नाम विवेकानन्द राखिएको थियो । पछि उनी आफैले आफ्नो नाम परिर्वतन गरेर विवेक मात्र राखेका थिए ।

विवेक बलिउड उद्योगमा राम गोपाल वर्माको फिल्म ‘कम्पनी’ बाट २००२ मा प्रवेश गरेका हुन् । यसको साथै रोड, दम, साथिया, ओमकारा, मिशन इस्ताम्बुल, रक्त चरित्र, कृष ३, पिएम नरेन्दै मोदी र रुस्तम जस्ता फिल्ममा अभिनय गरेका छन् ।

विवेक कलाकार हुनुको साथै उनको ‘ओबेराय मेगा एन्टरटेनममेन्ट’ नामको प्रोडक्सन हाउस पनि छ । उनको आफ्नो एक कम्पनी कर्म इफ्रास्ट्रक्चर प्राइवेट लिमिटेड पनि छ ।

एक रिर्पोटको अनुसार विवेकको कुल सम्पत्ति करीब १५ मिलियन डलर अर्थात १ अरब १० करोड रुपैयाँ भन्दा धेरै रहेको छ । अभिनेताले एक फिल्मको लागि ३ देखि ४ करोड रुपैयाँ सम्म फि लिने गर्छन् । उनी सामाजिक कार्यमा पनि अग्रसर छन् , हरेक दिन कसैलाई सहयोग गरिरहेका हुन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot