Logo

सरकारलाई सहयोग गर्न डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आग्रह



भदौ १९, काठमाण्डौ । आज राजीनामा बुझाएका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी ओलीले बाहिर बसेर पनि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

राजीनामा लिएर पुगेका खतिवडाको ओलीले प्रशंसा गर्दै अर्थतन्त्रको सवालमा सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

आज राजीनामा बुझाएका खतिवडालाई ओलीले अर्थमन्त्रीको कार्यकाल सफल भएको भन्दै आफू सन्तुष्ट रहेको सुनाएका थिए ।

जवाफमा खतिवडाले केही समय आराम गर्ने र त्यसपछि आवश्यकताअनुसार सहयोग गर्ने बताएका थिए ।

राजीनामा बुझाउनुअगाडि खतिवडाले अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

त्यसक्रममा खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको दावी गरेका थिए ।

प्रधानमन्त्री ओलीले चाहँदा चाहँदै पनि पार्टीभित्रको गुटगत समिकरण मिलाउनुपर्ने भएकाले खतिवडा बाहिरिनुपरेको हो । बामदेव गौतमले राष्ट्रियसभामा लैजान अडान लिएपछि ओलीले बाध्य भएर खतिवडालाई पुनः मनोनित गर्न पाएनन् । जसका कारण मन्त्री पदबाट पनि खतिवडा बाहिरिनुपरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot