Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, २४ मंसिर । अवैध लागूऔषध सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पर्साको सखुवापर्सौनी गाउँपालिका–२ श्रीपुर पचगवाबाट करिब ५ किलो अवैध लागूऔषध चरेश सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा पर्सागढीमाई नगरपालिका–९ हरिहरपुरका भिम प्रसाद यादव र घनश्याम यादव रहेका छन् ।
ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले बीआर २२ एपी ८८२३ नम्बरको मोटरसाइकललाई जाँच गर्दा १० वटा पोकामा रहेको उक्त चरेश फेला पारी मोटरसाइकल चालक घनश्याम र मोटरसाइकलमा सवार भिमलाई पक्राउ गरेको जनाएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रित लागूऔषध १२ हजार ५ सय क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोरिड, १ हजार ६ सय ५० ट्याब्लेट नाइट्राभेट र एकसय एमएलको ३० बोतल तलनिकोफ सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ जहदा गाउँपालिका–४ का उमेश कुमार मण्डल, भारत दरभंगा गाँउ सासिनपुर थाना कुलेश्वरस्थानका ओम प्रकाश यादव र सुनसरी ईटहरी उपमहागरपालिका–८का कोसनम बस्नेत रहेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot