Logo

भरुवा बन्दुक सहित बृद्ध पक्राउ



काठमाडौं, २४ मंसिर । भरुवा बन्दुक सहित एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । कालीगण्डकी गाउँपालिका–४ मगर पधेरा बस्ने ६२ वर्षीय रिम बहादुर राना २ थान भरुवा बन्दुक सहित मंगलबार साँझ पक्राउ परेका हुन् ।

उनको गोठमा हतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, बागलुङ, बरेङ गाउँपालिका-३ रातोभीर सामुदायिक बनबाट वेबारिसे अस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त वनमा घरेलु हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरेङडाँडा र प्रहरी चौकी बाटकाचौरबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यसैगरी बागलुङ, गलकोट नगरपालिका-३ लमहीस्थित काप्रेचौर बनबाट वेबारिसे अस्थामा रहेको ४ थान एकनाले भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त वनमा घरेलु हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको बताएको छ । यस सम्बन्धाम स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot