Logo

कोदालोको बिड प्रहार गरी हत्या



काठमाडौं, २९ पुस । हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी थानकोट घुमाउनेका होम बहादुर सुधारको हत्या गरेको अभियोगमा सोही नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङ मंगलबार राति पक्राउ परेका हुन् ।

घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

घटनाको थप अनुसन्धान गर्नेक्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिडले प्रहार गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot