Logo

प्रचण्डको स्पष्टीकरण : हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे



काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट पारेका छन् ।  आज (मंगलबार) काठमाडौंमा दाहाल–नेपाल समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने स्पष्टीकरण दिएका हुन् ।

उनले केही दिन पहिले ओली सरकारविरुद्ध शाकाहारी आन्दोलनले नपुग्ने भन्दै हिंसात्मक आन्दोलनमा उत्रिनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । तर, आजको भेलामा दाहालले आफूले यसअघि बोलेका कतिपय कुराको अपव्याख्या भएको स्पष्ट पारेका हुन् । सम्बोधनको क्रममा दाहालले आफैंले बनाएको प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजेको पनि टिप्पणी गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्