Logo

कांग्रेस पदाधिकारी बैठक जारी



काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा संसद पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल भएको बुझिएको छ ।

संसद पूनःस्थापनासँगै नेकपा दाहाल–नेपाल समूहले सत्ता समिकरणको लागि देउवासँग प्रस्ताव राखेको छ । हिजोमात्रै पुष्पकमल दाहाल र माधव कुमार नेपालले देउवालाई भेटेर मिलेर सरकार बनाउनेबारे प्रस्ताव राखेका थिए । जवाफमा देउवाले यसबारेमा पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय लिने जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्