Logo

झापा पुगेर के बोल्दैछन् ओली ?



काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुग्दैछन् । उनी औद्योगिक क्षेत्र शिलान्यासका लागि झापा पुग्न लागेका हुन् ।

चीन नेपाल मैत्री औद्योगिक पार्क नाम दिइएको औद्योगिक क्षेत्रको ओलीले शिलान्यास गर्नेछन् । ६४ अर्ब लागतमा उक्त पार्क निर्माणको सम्झौता भइसकेको छ ।

ओलीले आज झापा पुगेर महत्वपूर्ण सम्बोधन गर्ने भएका छन् । उनले पछिल्लो राजनीतिक घटनाक्रम र संसदको सामना कसरी गर्नेबारे बोल्ने अपेक्षा गरिएको छ ।

ओलीमाथि राजीनामाको दबाब बढेपनि उनले संसदको सामना गर्ने स्पष्ट पारिसकेका छन् । ओलीनिकटस्थहरुले अविश्वासको प्रस्ताव ल्याएर देखाउन चुनौती दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot