Logo

बालिकालाई यौन दुर्व्यवहार गर्ने एक पक्राउ



तेह्रथुम, १० चैत्र । यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका–१ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले ती बालिकालाई आइतबार साँझ यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot