Logo

काजकिरियामा रहेका दम्पत्तिको आगलागीमा मृत्यु



काठमाडौं, २१ जेठ। आगलागीमा परी काजकिरियामा रहेका दम्पत्तिको मृत्यु भएको छ । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको हो । गएराति भएको घटनामा ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो ।

सात दिनअघि ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको मृत्यु भएपछि दाहाल दम्पत्ति काजकिरियामा थिए ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot