Logo

राउटे समुदायका २ महिलालाई यौन दुर्व्यवहार गर्ने ३ जना पक्राउ



सुर्खेत, २४ जेठ । राउटे समुदायका २ महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका–९ हल्के बस्ने ३५ वर्षीय चुमन बहादुर घर्ती, सोही ठाउँ बस्ने २४ वर्षीय भुपेन्द्र बुढा मगर र २९ वर्षीय मिलन पुन मगर रहेका छन् ।

सोही नगरपालिका–११ स्थित घुघुती खोलामा रहेको अभियुक्त मिलनको सुभकामना होटलमा लगि १८ वर्षीया र २२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot