Logo

देउवामाथि दया लाग्छ, जालीफटाहा टिपेर हिंड्नुभयोः ओली



काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डपथमा लागेको आरोप लगाएका छन् । उनले देउवाले प्रचण्ड र माधवकुमार नेपालसँग गठबन्धन बनाएकोतर्फ संकेत गर्दै जालीफटाहा टिपेर हिडेको टिप्पणी समेत गरे ।

‘देउवामाथि दया लाग्छ,’ आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले भने,‘जालीफटाहा टिपेर हिंड्नुभयो ।’

देउवाले अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री हुने बाटो समाइरहेको आरोप लगाए । उनले भने,‘ अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभयो । संसदबाट होइन अन्तबाट हुन खोज्नुभयो ।’ जनतामा जाने बाटो अवरोध गरेर प्रधानमन्त्री बन्न नसकिने बताए ।

देउवालाई विगतमा तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम भनी हटाइदिएको स्मरण समेत गराए । ‘असक्षम कि सक्षम छ ? त्यतिबेला कू भन्न सक्नुभएन ।’

देउवाले प्रचण्डको भाषा सापटी लिएर बोलिरहेको टिप्पणी गरे । देउवामाथि लोकतन्त्रलाई बिर्सेर हिडिरहेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot