Logo

‘हामी सरकारमा कुनैपनि हालतमा जान्छौं, ओलीलाई २४ गतेसम्मको अल्टिमेटम दिएका छौं’ : चौधरी



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले एकताको लागि अध्यक्ष केपी शर्मा ओलीलाई २४ गतेसम्मको अल्टिमेटम दिएको छ । हिजोदेखि जारी केन्द्रीय कमिटी बैठकले यस्तो अल्टिमेटम दिएको नेता मेटमणि चौधरीले यस्तो जानकारी गराएका हुन् ।

उनले भने,‘हिजो माधव नेपालले बोल्ने क्रममा दुई दिनसम्म अर्थात साउन २४ गतेसम्म हेरौं भन्नुभएको छ, आज २२ गते छ, दुई दिनसम्म केपी ओली पार्टी एकताको लागि तयार हुन्छन् भने ठिकै छ, सरकारमा जाने कुरा त छ नै, हामीले बनाएको सरकार हो । फेरि राष्ट्रिय सहमतिको सरकार बनेन भने सरकार कमजोर हुन्छ । हामी सरकारमा कुनैपनि हालतमा जनुपर्छ भनेर धेरै केन्द्रीय कमिटीका सदस्यहरुको भनाई छ ।’

पार्टी एकताको लागि केपी ओलीले गरेको अपराध नेपाली जनतासामू क्षमायाचना गर्नुपर्ने कुरा उठेको पनि उनले सुनाए । एकताको लागि कि त केपी ओलीलाई हटाउनुपर्नेपनि कुरा उठेको छ । उनले आफूहरुले साउन २४ गते वा एक हप्ताको लागि ओलीलाई अल्मिटेमट दिने जनाए ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot