Logo

मोटरसाइकलमा लागूऔषध राख्न लगाएर पत्रकारलाई पत्रकारले नै फसाएको खुलासा



रौतहट, ७ भदौ । पत्रकारलाई लागूऔषधमा फसाउन पत्रकार नै संलग्न भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई फसाइएको खुलाएको हो । यसअघि उनी लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परेका थिए ।

मोजुबुल्लाहलाई फसाइएको भिडियो टेपबाट खुलेको थियो । उनको मोटरसाइकलमा लागूऔषध राखिदिएको भिडियोमा देखिएको थियो । त्यसपछि प्रहरीले यसलाई गहिरोसँग अनुसन्धान गरेको थियो ।

रौतहट प्रहरीले नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सञ्जय शहनीले प्रहरीहरु धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरेर ३२ साउनमा लागूऔषध राख्न लगाएका थिए । लागूऔषध राखेपछि प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र जवान मनोज साहबाट मोजुबुल्लाह पक्राऊ गरिएका थिए । उनको मोटरसाइकलमा नाइट्रोभेट राखिदिएका थिए ।

प्रहरीले सहनीलाई पक्राउ गरेको छ । उनीविरुद्ध अनुसन्धान बढाएको छ । षड्यन्त्रमा संलग्न भएको अभियोगमा धिरज यादव र जितेशकुमार यादव निलम्बनमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot