Logo

दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार नहुने उपेन्द्र यादवको भनाई



काठमाडौं, ३१ भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलि नै सरकारलाई पूर्णता दिनेगरि छलफल अघि बढाएको बेलामा अध्यक्ष यादवको यस्तो टिप्पणी आएको हो ।

दल विभाजनसम्बन्धी अध्यादेश निश्क्रिय नबनाईकन सरकारलाई पूर्णता दिन नहुनेमा यादवले सुरुदेखि नै वकालत गरिरहेका छन् । प्रधानमन्त्री देउवाले भने तत्कालै मन्त्रिपरिषद् विस्तार गर्नेगरि नाम दिन गठबन्धनमा आवद्ध दलका नेताहरुलाई आग्रह गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालले मन्त्री कसलाई बनाउने भन्नेबारे नाम टुँगो लगाउँदैछन् । तीन वटै पार्टीले ६/६ वटा मन्त्रालय पाउने दाबी गरिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot