Logo

काठमाडौं महानगरका विद्यालय आइतबारबाट खुल्ने



काठमाडौं, ७ असोज । काठमाडौं महानगरपालिकाका विद्यालयहरु असोज १० गते (आइतबार)बाट खुल्न पाउने भएका छन् । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्न दिने निर्णय गरेको हो । महानगरको बैठकले भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाई सोही कार्ययोजना अनुसार महानगरमा पेश गर्न समेत निर्देशन दिएको छ ।

विद्यालयको कार्ययोजना अनु्सार महानगरले भौतिक रुपमा विद्यायल खोल्न अनुमति दिने जनाइएको छ । महानगरले शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर बनाएको २७ मापदण्ड विद्यालयले अनिवार्य रुपमा लागु गर्नपर्नेछ ।

शिक्षक, विद्यालय, कर्मचारी, चालक सबैले अनिवार्य खोप लगाएको हुनुपर्ने र नलगाएकाहरु सबैलाई खोपको व्यवस्ता गर्न समेत महानगरले आग्रह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot