Logo

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने एकल क्षमता एमालेसँग मात्र



काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सकिने व्यवस्था संविधानमा छ । संविधानको धारा १०१ ले हाल रहेको प्रतिनिधि सभाको सदस्य संख्याको एक चौथाईले महाभियोग लगाउन सक्ने भनेको छ ।

२६८ हालको कुल प्रतिनिधि सभा सदस्य संख्याको आधारमा नेकपा एमालेबाहेक कुनै एकल दलले महाभियोग लगाउने क्षमता राख्दैन । महाभियोग लगाउन ६७ सांसदको आवश्यकता पर्दछ । एमालेसँग ९७ सांसद संख्या छ ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको अहिलेको घटनामा नफस्ने स्पष्ट पारिसकेका छन् । एमालेले महाभियोग नलगाउने भएपछि अब सत्ता गठबन्धनका दलहरुले मात्र लगाउन सक्ने सम्भावना छ । त्यहाँभित्र पनि यसबारे मतभेद छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot