Logo

‘नेपाली जनता के भन्छन् ? भ्रष्टाचारीलाई जेल दे भन्छन्’ सीके राउतको पार्टी आन्दोलनमा (फोटोफिचर)



काठमाडौं, ११ कार्तिक । डा. सीके राउतको नेतृत्वको पार्टी जनमत पार्टीले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेको छ । उक्त पार्टीको उपत्यका समन्वय समितिको आयोजनामा आज काठमाडौंमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहाई गर भन्ने मागपनि गरेका थिए ।

केही दिन अघि जनकपुरस्थित खानेपानी संस्थानका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई कालो मोसो दलेर नगर परिक्रमा गरिएको थियो । अर्धनग्न पारेर कुशवाहलाई नगर परिक्रमा गराउने जनमत पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot