Logo

हिमाल सुरक्षा परिषद्मा आवद्व युवाको कोठामा बम विस्फोट, दुई जना घाईते



इटहरी, चैत १५ । इटहरी उपमहानगरपालिका २ नवजागृति टोलमा मंगलबार विहान बम विस्फोट भएको छ । नवजागृति टोलमामा कोठा भाडामा लिएर बस्दै आएका २२ वर्षीय युवा रविन थापाको कोठामा बम विस्फोट भएको हो ।

बिस्फोटमा परि थापा र २३ वर्षीय शेरजंग गुरुङ घाइते भएको भएको प्रहरीले जनाएको छ । विस्फोटबाट आँखामा गम्भीर चोट लागेका थापाको विराटनरस्थित आँखा अस्पताल र गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु भएको छ ।

घटनास्थलबाट गत फागुन १५ गते सशस्त्र संघर्षको घोषणा गरेको हिमाल सुरक्षा परिषद् नेपालको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot