Logo

बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक बस्दै



काठमाडौं, १२ असार । बाग्मती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ ।

आज दिउँसो २ बजे बस्ने बैठकमा असार १ गते प्रदेश सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल हुने जनाइएको छ ।

प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक १२ बजे बस्नेछ ।

बाग्मती प्रदेश सरकारले आवका लागि कुल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot