Logo

करिनाले गरिन् आलियाको तारिफ



एजेन्सी, २५ साउन । बलिउड अभिनेत्री करिना कपुर आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’ को प्रमोशनमा व्यस्त छिन् । प्रमोशनको क्रममा एक अन्तर्वार्तामा करिनाले आलिया भट्टको तारिफ गरेकी थिइन् । अभिनेत्रीले आलिया पछिल्लो दशककी उत्कृष्ट अभिनेत्री मध्ये एक भएको बताइन् । यससँगै उनले २९ वर्षमा आमा बन्ने आलियाको निर्णयको पनि तारिफ गरीन् ।

‘तपाईसँग यति कम उमेरमा आमा बन्ने आलियालाई कुनै सल्लाह छ ? प्रश्न करिनालाई सोधिएको थियो । त्यसको जवाफमा अभिनेत्रीले भनिन्, “आलियालाई सल्लाहको खाँचो छैन। मलाई लाग्छ उनी पछिल्लो दशककी उत्कृष्ट अभिनेत्री हुन्। यति कम उमेरमा आमा बन्ने उनको निर्णय हो र यो राम्रो कुरा पनि हो।“

करीनाले थप भनिन्,“उनी धेरै साहसी अभिनेत्री र व्यक्ति हुन् । महिलाको जीवनमा गर्भावस्था एकदमै सामान्य कुरा हो। उनले बच्चा जन्माएपछि पनि आफ्नो करियरमा राम्रो काम गरिरहनेछन्, किनभने आलिया धेरै प्रतिभाशाली व्यक्ति हुन्। एक अभिनेत्री हो, त्यसैले, तपाईं आफैंमा विश्वास गर्न आवश्यक छ र यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।“

 



प्रतिक्रिया दिनुहोस्