Logo

नेपालमा स्वतन्त्रहरुको लहरले तदर्थ परिवर्तनमात्रै गर्छ, राजसंस्थाप्रति जनताको ठूलो विश्वास छ : रवीन्द्र मिश्र (भिडिओसहित)



काठमाडौं, १३ असोज । राप्रपाका नवनियुक्त वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा स्वतन्त्रहरुको लहरले तदर्थ परिवर्तनमात्रै गर्ने टिप्पणी गरेका छन् । उनले भने,‘त्यसले गर्ने भनेको पकेट पकेटमा सामान्य परिवर्तनमात्रै हो । ७५३ वटा स्थानीय तहमा ५/१० जना स्वतन्त्र उम्मेदवारले जित्दैमा हामी त्यति धेरै उत्साही हुनुपर्दैन् । किनभने हामीलाई समग्रतामा रुपान्तरण चाहिएको छ। र, त्यो देखेर अहिले जुन स्वतन्त्रको लहर चलेको छ, एउटा कुरा स्पष्ट छ कि देश रुपान्तरण गर्नको लागि पार्टी नै चाहिन्छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्रमा पार्टीको विकल्प नभएको जिकिर गरे । उनले आफू नेपालवादी भएकोले नै राजसंस्थाको मुद्दा उठाएको स्पष्ट पारे । उनले अहिलेपनि नेपाली जनताले राजसंस्थामा ठूलो विश्वास र आस्था राखेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot