Logo

राजनीतिक दललाई हरिवंशको आग्रह : प्रचार प्रसारको आशा नगरिदिनुस्



काठमाडौं, २५ असोज । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले निर्वाचनमा कसैलाई पनि समर्थन नगर्ने बताएका छन । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कुनै व्यक्ति तथा पार्टीको पक्षमा नलाग्ने स्पष्ट पारेका हुन ।

सामाजिक सञ्जालमार्फत आचार्यले आफूहरु राजनितिक दल र सबै उम्मेद्वारका साझा मानिस भएको उल्लेख गरेका छन । उनले चुनाबमा मद्दत गरेर आफ्नो पक्षमा भोट मागि दिने आशा नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा आचार्यले लेखेका छन्,‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ । देशमा जब निर्बाचन नजिकिन्छ । त्यसबखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उम्मेदवार बन्दछन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्बभाबिक हो । मलाई चुनाबमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर ।

तर हामी सबै राजनितिक दल,सबै उमेद्वारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता,आत्मियता,नातालाई पबित्र नै राखि चुनाबमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot