Logo

रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड, आफू सुरक्षित नभएको रवि लामिछानेको भनाई (भिडिओसहित)



काठमाडौं, २७ कार्तिक । चितवन–२ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा खटिएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिपक बोहोराले घरदैलोका क्रममा मुग्लिनमा गाडी तोडफोड भएको भिडिओ सार्वजनिक गरेका छन् ।

रातो जिप तोडफोड भएको छ । तोडफोड भएको गाडी नजिकै रहेर रवि लामिछानेले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफू सुरक्षित नरहेको पनि टिप्पणी गरेका छन् । उनले आफ्नो चुनावी प्रचारमा हिडेका व्यक्तिहरुमाथि यत्रो आक्रमण हुँदापनि प्रहरी प्रशासनले दोषीहरुलाई कारबाही नगरेकोमा आक्रोश पोखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot