Logo

बाजुरा : कांग्रेस र एमालेका उम्मेदवारबीच कडा टक्कर



बाजुरा, मंसिर १६ । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गरेका छन् ।

आज बिहाननसम्मको नतिजा अनुसार कांग्रेसका उम्मेदवार पाण्डेले ५ हजार ३ सय ९९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्ण थापाले ४ हजार १ सय ३० मत प्राप्त गरेर पछ्याईरहेका छन् ।

त्यस्तै, बाजुराको प्रदेश सभा (क) तर्फ नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेश शाही २ हजार ६ सय ६४ प्राप्त गरेर अग्रता कायम गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बलदेव रेग्मीले १ हजार १ सय २७ प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कर्णबहादुर बिकले २ सय ५३ प्राप्त गरेका छन् ।

साथै बाजुरा प्रदेश सभा (ख) तर्फ नेकपा (एमाले)का उम्मेदवार स्लाल बहादुर थापाले १ हजार ३ सय ५२ प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार स्पदम बहादुर शाहीले १ हजार २ प्राप्त गरेका छन् भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार स्हिमाल बहादुर शाहीले १ प्राप्त गरेका छन्। त्यहाँ स्वतन्त्र उम्मेदवार स्जनकबहादुर रावलले २ प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्