Logo

वाग्मती प्रदेश सरकार गठनका लागि दाबी पेस गर्न आहृवान



काठमाडौं, २१ पुस ।  वाग्मती प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न आहृवान गरिएको छ। बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान गरेका हुन्।

‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आहृवान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot