Logo

कांग्रेस केन्द्रीय समितिको बैठक, आज ४६ जनाले बोले



काठमाडौं, ३ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि विहान ११ बजे पूनः बस्ने भएको छ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सामाजिक सञ्जाल फेशबुकमार्फत लाइभ गरिएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी.पी. नगर, ललितपुरमा बसेको आज दोस्रो दिनको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु—जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा वि.क., विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटा, आमन्त्रित प्रदेश सभापतिहरु— कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानिया (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) ले आ–आफ्ना धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot