Logo

ललिता निवास प्रकरण: ४ आरोपीले दायर गरेको रिटमा सर्वोच्चले फैसला सुनाउँदै



काठमाडौं,५ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीतहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

गत सोमबारदेखि निरन्तर सुनुवाई भईरहेको रिटमाथि आज सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला गर्नेछ ।

यस प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,बहालवाला सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साह र मालपोत कार्यालयका कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनसहित सोसँग
सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot