Logo

सुन प्रकरणमा मेरो संलग्नता छैन, अनावश्यक भ्रममा नपरौः महरा



काठमाडौं, साउन १८ । नेकपा (मा‌ओवादी केन्द्र) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

विहिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता महराले सुन प्रकरण आफ्नो संलग्नता नरहेकाले अनावश्यक भ्रममा नपर्न अनुरोध गरेका छन् ।
उनले लेखेका छन्  ‘केहि दिन यता संचारमाध्यम बाट सुन प्रकरण मा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु । जहा सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’

नेता महरा र उनका छोरा राहुल महराले चिनियाँ व्यापारी वाङसँग मिलेर सुन तस्कारीमा संलग्न रहेको समाचार बाहिरिएपछि महराले यसबारे स्पष्ट पारेका हुन्।

चिनियाँ नागरिक वाङसँग पहिलेदेखि सामान्य चिनजान भएको र उनलाई फलफूल व्यापारीको रुपमा मात्रै आफूले चिनेको महराले यसअघि प्रेस विज्ञप्ति जारी गरेका थिए।

नेता महराले दुरासयपूर्ण तरिकाले राजनैतिक पूर्वाग्राहीका आधारमा आफ्नो बदनाम गर्न खोजिएको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्