Logo

वनमन्त्री डा. महतोद्धारा १० लाख वृक्षारोपण तथा संरक्षण अभियानको उद्घाटन, रुख रोपेसँगै जोगाउनतर्फ लाग्न आग्रह (फोटोफिचर)



काठमाडौं, २८ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले १० लाख वृक्षारोपण तथा संरक्षण अभियानको उद्घाटन गरेका छन् । विश्व अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज (शनिबार) लुम्बिनी विश्व शान्ति मञ्चले यु.एन. पार्क प्रयोगशालाको सहकार्यमा ललितपुरको युएन पार्कमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मन्त्री महतोले उक्त अभियानको उद्घाटन गरेका हुन् ।

सो अवसरमा मन्त्री महतोले वृक्षारोपण अभियान देशव्यापी रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “हिजो हामीले वन बनाउने प्रयास गर्यौं । वृक्षारोपणसँगै ती रुखहरु हरियो जंगलको रुपमा परिणत भएका छन् । यो खुशीको कुरा हो । हामी बाँचुञ्जेलसम्म रुख रोपौं । रुख रोप्नुसँगै यसलाई जोगाउनु पनि आजको आवश्यकत्ता हो । आज यहाँ उपस्थित् हुनुभएको तपाईँहरु योग गुरुहरु पनि हुनुन्छ, तपाईँहरुले आफू भन्दापनि बढि माया रुखलाई गर्नुहुन्छ भन्ने मेरो विश्वास हो । आज रोपेको रुखबाट भोलिको पिँढीले प्रत्यक्ष लाभ लिन्छ । पर्यावरण जोगाउनुपर्छ । वातावरणलाई प्रदुषण हुनबाट जोगाउनुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot