Logo

आज संसदमा विद्यालय शिक्षा विधेयक पेस हुँदै



काठमाडौं, १४ असोज । लामो समयपछि आज प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदले जनाएको छ ।

विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोधको सूचना निर्णयार्थ प्रस्तुत भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ ।

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित भएका थिए । सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot