Logo

नेपालले तीन विकेट गुमाएर ५६ रन बनायो



काठमाडौँ, फागुन ९ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले दुई ओभरमा तीन विकेट गुमाएको छ ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले सातौँ ओभरमा लगातार दुई विकेट र आठौँ ओभरमा अर्को एक विकेट गुमाएको हो ।

नामिबियाका बर्नार्ड स्कल्जले गरेको सातौँ ओभरको दोस्रो बलमा नेपालका कुशल भुर्तेल आउट भए । सोही ओभरको चौथो बलमाअनिल साह पनि आउट भए ।

यस्तै नेपालले आठौँ ओभरमा चौथो क्रममा ब्याटिङका लागि आएका देव खनाललाई पनि शून्य रनमा गुमायो । खेलको नौ ओभर पूरा हुँदा नेपालले तीन विकेट गुमाएर ५६ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot