Logo

कर्णाली प्रदेश सभाको बैठक बस्दै



कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै आज दिउँसो ३ बजे पहिलो बैठक बस्न लागेको हो ।

आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकका लागि सभाका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष सिफारिस भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot