Logo

शेखर कोइरालाको भेलामा को-को सहभागी (फोटोफिचर)



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट नेताहरूको भेला सम्पन्न भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भएको हो । भेलाले देशको समसामयिक राजनीतिदेखि पार्टीको आन्तरिक विषयमा समिक्षा गरेको नेता डा. चन्द्र भण्डारीले जानकारी दिए । आजको भेलाले भने निश्कर्ष ननिकालेको उनको भनाई छ ।

सो भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी थिए । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । महामन्त्री थापा भने भेलामा ढिलोगरि पुगेका थिए । उनी पुग्नुअघि नै कतिपय मिडियाले थापाले भेला बहिष्कार गरेको समाचार प्रकाशन गरिसकेका थिए ।

कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot