Logo

बामदेवको पूरानो गुण तिर्न प्रचण्ड आँतुर, ओलीले के गर्लान् ?



काठमाडौं, १० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला पार्टीका प्रभावशाली नेता एवम् पार्टी एकताका सूत्रधार बामदेव गौतमको गुण तिर्ने तयारीमा जुटेका छन् ।

राजतन्त्र फालेर गणतन्त्र ल्याउनुपर्छ भनेर नेपालमा पहिलो पटक आवाज उठाउने नेताको रुपमा नेता गौतमलाई चिनिन्छ । उनी सूरुवातदेखि नै गणतन्त्रको पक्षमा वकालत गर्ने नेताका रुपमा समेत परिचित छन् । नेकपामा उनलाई मध्यमार्गी नेताको रुपमा हेरिन्छ ।

नेता गौतमले २०७० सालमा सम्पन्न भएको संविधानसभाको दोस्रो चुनावमा क्रमशः प्यूठान र बर्दियामा चुनाव लडेर जितेका थिए । तर, २०७४ सालमा सम्पन्न भएको भएको निर्वाचनमा भने उनी बर्दियाबाट पराजित भएका थिए । चुनावी नतिजाबारे पूरै मुलुकभरि चर्चा तथा परिचर्चा भएका थिए । तर, नेता गौतमले भने आफू नतिजाप्रति सकारात्मक रहेको भन्दै मत दिने जनताप्रति आभार प्रकट गरेका थिए ।

मुलुकमा संघीय संरचनाअन्र्तगर्तका तीन तहका सरकार गठन भैसकेका छन् । केन्द्रमा नेकपाकै सरकार छ । २ नम्बर प्रदेशबाहेक ६ वटा प्रदेशमा पनि नेकपाकै सरकार छ । उता, स्थानीय तहमा पनि बढिभन्दा बढि तहहरुमा नेकपाकै सरकार छ ।

सत्तारुढ दल नेकपाभित्र नेता गौतमलाई पूनः संसदमा ल्याउनेबारे बहस तथा छलफल सुरु भैसकेको छ । स्रोतका अनुसार पार्टीका दुवै अध्यक्षले नेता गौतमको आवश्यकत्ता महशुस गरेका छन् । रोचक त के भने नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने यतिवेला नेता गौतमले आफूलाई यसअघि लगाएका गुणहरु तिर्ने भन्दै पूनः निर्वाचन लडाएर गौतमलाई प्रतिनिधि सभामा ल्याउने आन्तरिक तयारीमा जुटिसकेका छन् ।

हुननि नेता गौतम पार्टीका अर्का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भन्दापनि प्रचण्डसँग अलिक बढिनै नजिक रहेको बुझिएको छ । तर, गौतमलाई सांसद बनाउने विषयमा भने दुवै अध्यक्षबीच एकमत छ । ओली र प्रचण्डकै पहलमा नेता गौतमलाई सांसद बनाउनेबारे बहसको पार्टीभित्र सुरु भएको नेकपाकै नेताहरुको दाबी छ ।

एक नेताले भने, अहिले कमरेड वामदेवले सांसद बन्ने कुनै प्रस्ताव वा आग्रह गर्नुभएको थिएन् । पार्टीका आदरणीय अध्यक्षद्धयको आग्रह गर्नुभएको छ । अध्यक्षहरुको आग्रहनै आएपछि उहाँजत्तिको नेता सांसद बन्दा मुलुककै लागि पनि राम्रो हुन्छ ।

नेता वामदेवले आफ्नो राजनीतिक जीवन र यो यात्रामा थुप्रै नेताहरुलाई ठूलो गुण लगाएका छन् । वामदेवले तत्कालिन नेकपा एमालेलाई पचाशको दशकमा फुटाएका थिए । एमाले विभाजनपछि नेपाली कांग्रेस नेतृत्वको तत्कालिन् सरकारमा वामदेवले नेतृत्व गरेको माले सहभागी भएको थियो ।

त्यसताकादेखि अहिलेसम्म नेता गौतमले धेरै नेताहरुलाई गुण लगाउँदै आएका छन् । सबैभन्दा बढि गुण त उनले तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डलाई नै लगाएको सत्य अहिले आएर साबित भएको छ । जबकी प्रचण्ड स्वयमले एकपटक वामदेवजीलाई प्रधानमन्त्री बनाउन पाए हुन्थ्यो भन्ने आशयको अभिव्यक्ति दिनुले उनले प्रचण्डलाई कति गुण लगाएका रहेछन् भन्ने कुराको पुष्टि हुन्छ ।

२०५६ सालमा भएको चुनावमा नराम्रो हार व्यहोरेपछि नेता गौतमले २०५९ सालमा एमालेसँग एकता गरे । २०६२/६३ को जनआन्दोलन ताका नेता गौतमले मुलुकमा स्थायी शान्ति खोज्नुपर्छ भन्दै जोखिम मोलेर भूमिगत रहेका तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डसँग शान्ति वार्तासमेत गरेका थिए । वामदेव र युवराज ज्ञवालीले प्रचण्डलाई रोल्पामा पुगि भेटवार्ता गरेका थिए । उनकै पहलमा प्रचण्डसँग गिरिजा प्रसाद कोइराला र माधव कुमार नेपालले वार्ता गरेको पनि भनिन्छ । राजतन्त्र फाल्नुपर्छ भन्ने कित्तामा सुरुदेखि नै उभिएका नेता गौतमले २०६२/0६३ को जनआन्दोनलमा पनि सशक्त भूमिका खेलेका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि वामदेवको भूमिका थप बढेको थियो । उनले विभिन्न पक्षसँग वार्ता गर्नेदेखि लिएर माओवादीले चुनाव जितेपछि सरकार गठनमा समेत सहयोगी र समन्वयकारी भूमिका निर्वाह गरेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनाउनसमेत उनले पहलकदमी लिएका थिए । प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा वामदेव उपप्रधान एवम् गृहमन्त्री बने ।

प्रचण्डपछि उनले आफ्नै पार्टीका नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउन सशक्त भूमिका निर्वाह गरेका थिए । तर, पार्टीमा भने उनले त्यतिवेला झलनाथ खनाललाई साथ दिएका थिए । बुटवल महाधिवेशनमा उनी झलनाथलाई अध्यक्ष बनाउन सफल भए । अहिलेपनि तत्कालिन नेकपा एमालेका पूराना नेता तथा कार्यकर्ताहरु वामदेवकै कारण झलनाथ पार्टीको नेतृत्वमा पुग्न सफल भएको भनेर दाबी गर्छन् । नेता गौतमले झलनाथलाई अध्यक्षमात्रै बनाएनन् । देशको प्रधानमन्त्री बनाउन समेत सक्रिय भूमिका खेलेका थिए ।

पार्टीभित्रमात्रै होईन, २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि उनले नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइलालाई प्रधानमन्त्री बनाउन सघाए । उनकै पहलमा त्यतिवेला कांग्रेस र एमालेले संयुक्त सरकार बनाएका थिए । कोइराला प्रधानमन्त्री रहेको उक्त सरकारमा वामदेव उपप्रधानसहित गृहमन्त्री थिए । कांग्रेससँग मिलेर सरकरा बनाउन हुँदैन भन्ने पक्षमा पार्टीभित्र पर्याप्त बहुमत आवाज हुँदाहुँदैपनि नेता गौतमले संविधानसभाबाट संविधान जारी गर्नको लागि देशका तीन ठूला दल कांग्रेस, एमाले र माओवादी मिल्नुको विकल्प छैन भन्दै सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गरेका थिए ।

पार्टीको नवौं महाधिवेशनमा भने उनी एकाएक केपी शर्मा ओलीको पक्षमा उभिएका थिए । उनको चमात्कारिक निर्णयकै कारण ओलीको पक्षमा एकाएक राजनीतिक माहोल बढेको हो भन्नेहरुको कमि छैन । काठमाडौंमा सम्पन्न महाधिवेशनमा नेता वामदेव ओलीको पक्षमा उभिँदा नेता माधव कुमार नेपाल पराजित भएका थिए ।

वामदेवकै साथ र सहयोगमा ओली एकाएक पार्टीमा शक्तिशाली बने । संविधान जारी भएपछि कांग्रेस वामदेवले आफ्नै पहलमा पार्टीका अध्यक्ष ओलीलई प्रधानमन्त्री बनाएर ठूलो गुण लगाए । धेरैले नसोचेको राजनीतिक संसदीय अंकगणित मिलाउने काममा नेता गौतमले मिहिन गृहकार्य गरेका थिए । उनले दुई ध्रुबमा रहेका नेता ओली र प्रचण्डलाई मिलाएर एमाले र माओवादीको गठबन्धन सरकार बनाएका थिए ।

यसरी हेर्दा, नेता गौतमले अहिलेसम्म धेरैलाई गुण लगाएको देखिन्छ । हुन त अहिले उनको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्यस्तो बलियो हिमचिम छैन । बरु, उनी पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बढि नजिक छन् । उनीहरुको कुरासमेत मिल्छ । त्यही भएर होला, प्रचण्डपनि वामदेवको पूरानो गुण तिर्न चाहन्छन् । अहिले त प्रचण्डले पार्टीभित्र ओलीपछि अब प्रधानमन्त्रीको उम्मेद्धवार वामदेव नै हो भनेर सार्वजनिक अभिव्यक्तिसमेत दिएका छन् ।

अहिले वामदेवलाई उपनिर्वाचनमार्फत् सांसद बनाउने तयारी भैरहेको छ । यसमा पार्टीका अध्यक्षद्धयले ग्रिन सिग्नलमात्रै नभएर तयारीमा समेत जुट्न नेता गौतमलाई आग्रह गरिसकेका छन् ।

डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा गराएर उनलाई उमेद्धवार बनाइने भएको हो । जनमतका हिसाबले डोल्पा तत्कालीन एमालेको प्रभाव क्षेत्र हो । बुढा लगातार विजयी बन्दै आएका छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि बुढाले प्रतिष्पर्धी कांग्रेसका अंगत बुढालाई चार गुणा मतले पछि पारे । बुढा ११ हजार ७६१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भए भने अंगतको ३ हजार १६७ मतमात्रै आयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot