Logo

कानुन कार्यान्वयन र न्यायालयको अवस्थाबारे भयो यस्तो खुलासा (भिडियोसहित)



वैशाख २७, काठमाण्डौ । ६७ औँ कानून दिवस बिहिबार बिभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइयो । दिवसका अवसरमा सर्वोच्च अदालतले अदालत परिसरमा चियापानको आयोजना गरेको थियो ।

चियापान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल लगाएतको सहभागीता रहेको थियो ।

त्यसैगरी पूर्वप्रधानन्यायाधीशहरु, सर्वोच्च अदालतका न्यायाधीशहरू, न्याय परिषद्का सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, नेपाल बार एशोसिएसनका अध्यक्षलगायत पदाधिकारी, वरिष्ठ अधिवक्ताहरु, कूटनीतिक नियोगका प्रमुखहरु सो चियापान समारोहमा उपस्थिति थिए ।

समारोहमा उपस्थितलाई ऋषि धमलाले नेपालमा कानुनको कार्यान्वयन, न्यायालयको अवस्था लगायतका विषयमा कुराकानी गरेका थिए ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot