Logo

अश्लील साइटहरु बन्द गर्न सरकार असफल, हरेक दिन ४ जनाको बलात्कार



काठमाडौं २२ असोज । सरकार अश्लील साइटहरु बन्द गर्न असफल भएको छ । ठ्याक्कै एक वर्ष पुग्यो, सरकारले अश्लील साइट रोकेको । तर बजारमा तीनै अश्लील साइटहरु खुलमखुला छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा १२१ लाई आधार मानेर यौनजन्य अश्लील सामग्रीको आदान(प्रदान, प्रकाशन र प्रसारणमा बन्देज लगाएको थियो ।

सरकारको तर्क थियो, इन्टरनेटमा यौनजन्य सामग्रीको सहज पहुँचले बलात्कार र अन्य यौनहिंसाका लागि प्रेरित गरेकाले प्रतिबन्ध अत्यावश्यक छ । स्वतन्त्रता हनन भएको र प्रभावकारी नहुने भन्दै आलोचना भयो । तर सरकार आफ्नो निर्णयबाट पछि हटेन बरु प्रतिबन्धलाई ठूलै उपलब्धिझैँ प्रचार गरियो ।

तर नेपाल प्रहरीको तथ्यांकमा यौनजन्य हिंसा घट्नुको सट्टा बढेको छ । आर्थिक वर्ष ०७४/७५ मा १ हजार ४ सय ८० बलात्कार र ७ सय २७ बलात्कार प्रयासका घटना भएका थिए भने ०७५/७६ मा यो संख्या क्रमशः २ हजार २ सय ३१ र ७ सय ९२ पुगेको छ । हाल चार लाखभन्दा बढी अश्लील साइट बन्द गरिएको छ । तर यो पूर्ण प्रभावकारी हुन सकेको छैन ।

प्रहरीको तथ्याङ्कले पनि केही समय यता बलात्कारका घटनाहरु बढिरहेको देखाउँछ । बिगत ५ वषर्मा भएका बलात्कारका घटना लगातार बढेको प्रहरी तथ्याङ्कले समेत पुष्टि गर्छ ।२०७१ देखि २०७६ को तथ्याङ्कलाई आँकलन गर्ने हो भने हरेक दिन ४ बलात्कारका घटना भएका देखिन्छ ।

नेपालको कानून अनुसार गल्ती प्रमाणित भएको र पीडित १० वर्षभन्दा मुनीको छ भने १० देखि १५ वर्ष जेल सजाय तथा पीडित १० वर्षभन्दा माथि र १६ वर्ष भन्दा मुनीको छ भने ७ देखि १० वर्ष जेल सजाय हुने प्राबधान छ। त्यस्तै, १६ वर्षभन्दा माथिको हकमा ५ देखि ७ वर्ष सम्म जेल सजाय हुने प्राबधान रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot