Logo

प्रधानमन्त्रीले चीनलाई दिए धन्यवाद, नेपालमा कोरोना भाईरस छैन्



काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नेपालमा प्रवेश नगरेको स्पष्ट पारेका छन् । चीनमा फैलिएको कोरोना भाइरसले विश्वको ध्यानाकार्षण गराएको सुनाउँदै उनले कोरोना भाइरसविरुद्ध चीनले भीषण प्रयास गरेको स्पष्ट पारे ।

शनिबार प्रतिनिधिसभामा सरकारको दुई वर्ष पूरा गरेको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘नेपालमा यो भाइरस प्रवेश गरेको छैन् । चीनबाट हाम्रा विद्यार्थीहरु ल्याउँदैछौंं । त्यो ल्याउने त्यस प्रयोजनको लागि सायदै आईपुग्छ वा आजै जहाज गएको छ । सरकारले यसको उचित प्रवन्ध गर्नेछ । सरकारले गम्भिरतापूर्वक ध्यान दिएको छ । नेपाली विद्यार्थीहरु र नेपाली समूदाय चीनमा राम्रो हेरबिचार र देखवाल गरिएर राखिएको छ । म चीनलाई धन्यवाद भन्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot