Logo

समाजवादी पार्टीको पदाधिकारी बैठक बस्दै, सरिता गिरीलाई कारबाही होला ?



काठमाडौं, ८ असार । समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक आज सोमबार (आज) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताईएको छ । स्रोतकाअनुसार आजको बैठकले सांसद सरिता गिरीलाई कारबाही गर्नेबारे पनि केही निर्णय लिनेछ । पार्टीको निर्देशन र ह्विप उल्लंघन गरेको आरोपमा उनलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्न लागिएको स्रोतको दाबी छ । तर, पार्टीभित्र उनलाई कारबाही गर्ने वा नगर्ने भन्नेबारे नेताहरुबीच मत विभाजित छ ।

नयाँ नक्साअनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको विरोधमा गिरीले व्यक्तिगत संशोधन हालेकी थिईन् । पार्टीले सरकारले ल्याएको विद्येयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको अवस्थामा सांसद गिरीले व्यक्तिगत संशोधन प्रस्ताव दर्ता गराउँदा पार्टीले उनलाई प्रस्ताव तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले आफ्नो प्रस्ताव फिर्ता लिएकी थिईनन् । संसदमा मतदान हुनुभन्दा अघि नै गिरीको प्रस्ताव खारेज भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका थिए । लगत्तै गिरीले बैठक बहिष्कार गरेकी थिईन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot