Logo

रेणु दाहालले बाढी प्रभावित क्षेत्रकी महिलालाई छाता ओढाउँदै पीडा सुनिन्



काठमाडौं, २८ असार । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल फेरि चर्चामा आएकी छिन् । उनले चितवनको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुग्दा त्यहाँकी महिलालाई छाता ओढाएको तस्बिर चर्चामा छ ।

रेणुले छाता ओढाउँदै महिलाको भनाई सुनिरहेकी छिन् । पृष्ठभुमिमा भिषण बाढीे दृश्य देखिन्छ । छाता हातमा बोकेर महिलालाई ओढाउँदा उनी गम्भीरतापूर्वक हेरिरहेकी छिन् ।

भरतपुरमा रेणुले चुनाव जितेपछि महानगरको विकासमा निकै सक्रियता देखाउने गरेकी छिन् । उनले यसलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण अवसरका रुपमा लिएर सक्रियता बढाइरहेकी हुन् ।-Photo Source: Twitter Page



प्रतिक्रिया दिनुहोस्

Screenshot