Logo

फाइनलमा मुम्बई इन्डियन्स



युएई,कार्तिक २१ । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको हो । गत सिजनको फाइनलमा मुम्बईले चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।

मुम्बईले पहिलो ब्याटिङ गर्दै दिल्लीलाई २०१ रन को लक्ष्य दिएको थियो । जवाफमा दिल्ली क्यापिटल्सले ८ विकेटको क्षतिमा १४३ रनमात्र बनाउन सकेको थियो । सप्रित बुमराह खेलका म्यान अफ द म्याच चुनिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot