Logo

गण्डकी प्रदेशमा मुख्यमन्त्री नेपाली विश्वासको मत लिन सफल



पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिएका छन् । उनले प्रदेश सभा बैठकमा आज विश्वासको मत लिएका हुन् ।

विश्वासको मत लिन बसेको बैठकमा ५८ जना उपस्थित भएका थिए । नेपालीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको थियो । कुल ५९ सदस्यीय प्रदेश सभामा नेपालीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दिपक मनाङेले विश्वासको मत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot