Logo

काठमाडौंमा बालेनलाई दोब्बर मतान्तरको अग्रता (ताजा जानकारी)



काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको सुरुवात देखिनै अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८३ सय ४५ मत ल्याएर दोस्रो स्थानमा छन् । भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७५ सय ११ मत प्राप्त गरेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोल १२ हजार १५७ मतसहित अग्रस्थानमा छिन् । उनलाई पछ्याउदै नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३६ सय १४ मत ल्याउँदा राप्रपाका बिनिता मगैयाले २६ सय २८ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot