Logo

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, पुस २५। राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे बस्ने गरी सभाको १३औँ अधिवेशन आह्वान गरेकी हुन् ।

बैठकको सुरुआतमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ ।

यस्तै, संविधानसभा सदस्य बालकृष्ण ढुंगेल र झुलबहादुर आले, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्य मैयादेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot