Logo

दिल्ली हुँदै ओमानमा बेचिन पुगेकी सुर्खेतकी चेलीको विप्लवनिकट विद्यार्थी संगठनद्धारा उद्धार



काठमाडौं, १२ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी) को पहलमा भारतको दिल्ली हुँदै ओमानमा बेचिन पुगेकी नेपाली चेलीको उद्धार भएको छ । ती चेलीलाई सफल रुपमा उद्धार गरी आज नेपाल ल्याईएको उक्त विद्यार्थी संगठनले जनाएको छ ।

उनलाई आज विहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंमा अखिल (क्रान्तिकारी) केन्द्रिय कार्यालय सचिव लोकेश जोशीलगायतको टिमले स्वागत गरेको हो ।

बेचिन पुगेकी पीडित महिलाले ओमानमा थुप्रै शारीरिक र मानसिक यातना पाएको बताईएको छ । जसको कारण उनको स्वास्थ्य अवस्था खराब रहेको छ । पीडितलाई न्यायको निम्ति मानव तस्करका विरुद्ध आवश्यक कानुनी प्रक्रिया थालिने विद्यार्थी नेता जोशीले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot