Logo

सरकार नछोड्न प्रचण्डले मेरो सभापतिलाई अनुनय विनय गर्नुभएको थियो : सांसद हरि ढकाल (भिडिओसहित)



काठमाडौं, २३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकालले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन र सरकार पनि नछोड्न अनुनय र विनय गरेको दाबी गरेका छन् ।

उनले आफूहरु सरकारमा ३२ दिन रहँदा गरेका कामचको मूल्यांकन भने नागरिक समाजले गरेको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीबाट मन्त्री बनेका शिशिर खनालले जम्मा २२ दिन शिक्षा मन्त्रालयको नेतृत्व सम्हाल्दा दुर्गमभन्दा दुर्गम ठाउँमा पहिलोपटक पाठ्यपुस्तक पुगेको दाबी गरे । उनले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा दोषीमाथि कारबाही गर्नेगरि चालिएको कदमबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका सकारात्मक रहेको भन्दै प्रशंसा गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot