Logo

उर्जामन्त्री बस्नेतको टिप्पणी : मन्दिरमा जाँदा फूटबलको जर्सी लगाउने कुरा त हुँदैन नि ! (भिडिओसहित)



काठमाडौं, २९ जेठ । उर्जामन्त्री शक्तिबहादुर बस्नेतले मन्दिरको दर्शन गर्न जाँदा फूटबल खेल्दा लगाउने जर्सी लगाउने कुरा त नहुने भन्ने टिप्पणी गरेका छ्न । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री बस्नेतले भने–‘अहिले वस्त्र लगाएको कुरा आयो, एउटा मन्दिरमा गैसकेपछि फूटबल खेल्दा लगाउने लुगा लगाउने त होईन नि । अब फूटबल खेल्दा पहेंलो वस्त्र लगाएर हुन्छ त ? हुँदैन नि । फूटबल खेल्दा फूटबलकै जर्सी लगाईन्छ । मन्दिरको कुरा गर्दा, त्यहाँ ड्रेस कोडको कुरा गरिएको छ । त्यसलाई नै हामीले फलो गरिएको हो ।’

उनले नेपाल र भारतबीचका दुवै देशका सरोकारका विषयमा दुवै देशका प्रधानमन्त्री गम्भीर बनेको सुनाए । मन्त्री बस्नेतले अब शान्ति प्रक्रिया टुँग्गिने विश्वास दिलाए । नेपाली जनताले दिगो शान्तिको चाहना गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा शान्ति प्रक्रिया टुँगोमा पुग्ने उनको दाबी थियो । उनले बजेट पास हुने दाबी गरे ।

उनले वर्तमान सरकार कुनैपनि किसिमको संकटमा नरहेको र अर्को गठबन्धन नबन्ने पनि दाबी गरे । उनले एमाले र कांग्रेस मिलेर नयाँ गठबन्धन बन्ने कुरा हाईपोथेटिकल भएको टिप्पणी गरे । उनले एमाले र कांग्रेस मिलेर नयाँ गठबन्धन बन्नु भन्नु र भोलि विहान १० रेक्टरको भुकम्प आयो भने के हुन्छ ? भन्नु एउटै भएको जिकर गरे । उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गरेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot